सञ्जय र राधिकाले गाए हे बरै

काठमाडौं । गायक सञ्जय बडाल र गायिका राधिका हमालको आवाजमा सजिएको गीत ‘हे बरै’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ ।  यस गीतमा शब्द गीतकार बीबी थापाको रहेको छ । उनको हालै २७ वटा एलवमहरु विमोचन भइसकेको छ ।

त्यस्तै यहि क्रममा उनलाई ओल्ड बुक अफ रेकर्डले सम्मान पनि गरीसकेको छ, भने फेरी पनि ६ वटा एल्वम विमोचनको तयारीमा रहेको गीतकार बीबी थापाले जनाएका छन् ।

सार्वजनिक गीतमा संगीत तथा एरेञ्ज लोकाप्रिय एरेञ्जर मनोज चौलागाईको रहेको छ । भने, यस गीतको भिडियोमा क्यामेरा मुकेश हुमागाईको रहेको छ ।  निर्देशक आशिष नेपालको निर्देशन रहेको यस गीतको भिडियोमा इशा नेपाल र नवराज पौड्यालको नृत्य तथा अभिनय रहेको छ । उक्त गीतमा सम्पादक भने प्रकाश एस.के को रहेको छ ।