काठमाडौं । भदौ १३ गतेबाट रिलिज हुन लागेको फिल्म ‘मारुनी’मा समावेश तेश्रो गीत ‘हाने मैले झटारो’ सार्वजनिक भएको छ । अन्जु पन्त र कृष्ण काफ्लेको स्वर रहेको यो गीतमा पुरुषोत्तम ढुंगेल र कृष्ण काफ्लेको शब्द तथा कृष्णकै संगीत छ ।
गीतको भिडियोमा फिल्मका मुख्य कलाकार नायक पुष्प खड्का र नायिका रेविका गुरुङलाई फिचरिङ गरिएको छ । फिल्मको यो गीतले यसको चर्चालाई अझै बढाउने पक्का छ । फिल्ममा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह मुख्य भूमिकामा छिन् ।
पूनम गौतमको निर्माणमा बनेको फिल्मलाई नवल नेपालले निर्देशन गरेका हुन् । फिल्मको यो गीतले पुष्प र रेबिकाको सम्बन्ध प्रष्ट्याएको छ । संजय लामाले खिचेको यो फिल्मले लामो समयदेखि सुनसान बनेको फिल्म क्षेत्रलाई चलायमान बनाउने अपेक्षा गरिएको छ ।