तीज गीतमा मनिषाको रक्सी काटुन काटुन

काठमाडौं । गायिका मनिषा धमलाले पनि तीज गीत ‘रक्सी काटुन काटुन’ सार्वजनिक गरेकी छन् । तीजको नाममा रक्सी सेवन गर्ने मौलाए चलन प्रति लक्षित गर्दै उनले यो गीत ल्याएकी हुन् ।

उनको गीतमा तीजमा कोसेलीको रुपमा रक्सी काटुनका काटुन आउने गरेको उल्लेख गरेकी छन् । संगीतकार समेत रहेका गायक डिबि खड्काले उनलाई स्वरमा साथ थिएका छन् । उनको नै शब्द रहेको गीतमा संगीत पनि खड्काकै छ ।

गीतको एक भिडियो पनि बनेको छ । सुमनसागरजंग केसीको कोरियोग्राफी रहेको भिडियोमा अरुणा, लक्ष्मी, राजिवलगायतको अभिनय देख्न सकिन्छ । अजय रेग्मकिो छायाँकन, कृष्ण प्रसाद तिमिल्सिना निर्माता रहेको भिडियो सम्पादन तथा निर्देशन सुरेश राउतले गरेका हुन् ।