मायाको प्रश्न सोध्दै गुन्जन

काठमाडौं । गुन्जन उपाध्यायको स्वरमा रहेको आधुनिक गीत ‘माया कस्तो लाए’ डिजिटल बजारमा आएको छ । गीतको शब्द तथा संगीत टुंग नेपालको रहेको छ । रिता याम्फु र जिन झेंग को अभिनय रहेको म्युजिक भिडियोको कथा तथा परिकल्पना अन्तरा उपाध्यायले गरेकी छन् ।

मन्जिल श्रेष्ठले भिडियोको निर्देशन, छांयाकन र सम्पादन गरेका छन् । अमेरिकाको डलास लगाएतको स्थानमा छायाँकन गरिएको गीत डि.ए.आर मुभिजको अफिसियल युटुव च्यानलबाट डिजिटल बजारमा आएको छ ।