प्रेम संसारको सुनैना सुनैना सार्वजनिक

काठमाडौं । आगामी मंसिर १३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘प्रेम संसार’को पहिलो गीत ‘सुनैना सुनैना’ सार्वजनिक भएको छ । गीतमा अर्जुन पोख्रेलको शब्द संगीत, राजेश पायल राई र अन्जु पन्तको स्वर रहेको छ ।

सार्बजनिक गितमा कलाकार प्रेम सोनी र आयुष्मा कार्कीलाई देख्न सकिन्छ । गीतको कोरियोग्राफर राम गौतमले गरेका हुन् । फिल्ममा प्रेम सोनी, कबिता नेपाली, आयुष्मा कार्की , मोनिका दाहाल बिबिशा पाण्डे,राम गौतम अर्जुन पौडेल, करण पौडेल,सुनिल बिक,यम बहादुर बिक,बिजय सुनार टंक मरासैनी, किशोर पाण्डे, लगाएतको अभिनय रहेको छ ।

सोनी फिल्म्सको प्रस्तुतिमा राम गौतमको निर्देशन रहेको यस फिल्मको कथा लेखन,निर्माता तथा प्रस्तुतकर्ता प्रेम बहादुर सुनार(गहतराज) हुन् भने, उतम केसी र देबीन गहतराज कार्यकारी निर्माता,कमल सुनार र सीता सुनार निर्माताको रुपमा रहेका छन् ।

फिल्ममा अर्जुन पोख्रेल र बिबि अनुरागीको संगीत, शंखर महर्जनको एक्सन, एकेन्द्र सारा शंखर र राम गौतमको कोरियोग्राफी ,दिपेन्द्र बस्न्यातको छायांकन रहेको छ । फिल्मलाई उपत्यका बाहिर एफ.डि कम्पनि र उपत्यका भित्र रिच इन्टरटेन्टमेन्टले वितरण गर्नेछ ।