काठमाडौ । गायिका विष्णु माझी र विनोद विसीको स्वरमा रहेको नयाँ लोक तथा दोहोरी गीत ‘गुलाबको फूल’को भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा युनिक भोजराज विकको शब्द तथा संगीत रहेको छ भने कृष्ण बिक (भान्जा)को संगीत संयोजन रहेको छ ।
निश्चल केसीले निर्देशन गरेको भिडियोमा केकी अधिकारी, गम्भीर बिस्ट र सुरज श्रेष्ठ फिचर्ड छन् । ज्ञानेन्द्र शर्मा हुमागाईंले छायांकन गरेको भिडियोलाई बिकाश ज्ञवालीले सम्पादन गरेका छन् । जिवन लुइंटेल क्रियसनको अफिसियल यु ट्युब च्यानल मार्फत भिडियो सार्बजनिक गरिएको हो ।