रघुको जन्मदिनमा मन परेसी पर्यो पर्यो

काठमाडौं । फिल्म ‘वीरंगना’ का प्रस्तुतकर्ता रघु परियारले आफ्नो जन्मदिनको अवसरमा शनिबार आफ्नो ‘बर्थ डे’ पार्टीमा ‘मन परेसी पर्यो पर्यो’ नामक नयाँ फिल्म निर्माण घोषणा गरेका छन् ।

रुपेश थिङ तामाङको लेखन र निर्देशन रहने फिल्मको सुटिङ तिहारपछि सुरु हुने बताइएको छ । लभस्टोरी, कमेडी र एक्शनको मिश्रण रहने फिल्मको कार्यकारी निर्माता चक्र पाख्रिन तामाङ छन् । कृष्ण परियार र रबिना थापा मगर निर्माता रहेको फिल्मका कलाकारको टुंगो केही दिनमै लगाइने रघुले जानकारी दिएका छन् ।

निर्देशक रुपेशले यसअघि ‘जय शम्भु’ निर्देशन गरेका थिए । फोर्थ आइज् मुभीज प्रालिको ब्यानरमा निर्माण हुने फिल्म बर्षको अन्त्यमा दर्शकमाझ ल्याइने बताइएको छ ।