इटहरी । इटहरीको विश्व आदर्श कलेजमा भर्खरै प्लस टु सकेकी इटहरीकी प्रेजिÞना नेपालले प्रमुख निर्णायक हर्शिका श्रेष्ठको प्रश्नको सटिक उत्तर दिदै अन्य १० जना प्रतिस्प्रधीहरुलाई पछि पार्दै मिस ब्युटी आइकन २०१९ को उपाधिजितेकी छिन् ।
५.४ इन्चअग्ली १८ बर्षीय प्रेजिÞनाले मिस ब्युटी आइकनको उपाधि संगै रु पचास हजार नगद पुरस्कार तथामिस पुर्वान्चलमासिधाप्रवेश पाएकी छिन् । उनले मिस फ्रेन्डशिपको सब(टाइटल समेत जितिन । त्यस्तै ५.५ इञ्चअग्ली १७बर्षीय मनिला सिम्खडाले फर्स्ट रनर अप को उपाधि संगै रु तिस हजार नगद पुरस्कार तथामिस पुर्वान्चलमासिधाप्रवेश पाएकी छिन् । उनले मिस बेस्ट वाक र मिस मल्टिमेडियाको सब(टाइटल समेत जितिनभने निशा सुब्बाले सेकेन्ड रनर अप को उपाधि संगै रु पन्ध्र हजार नगद पुरस्कार जितेकी छिन् । तिनै जनाले नेपाल एयर होस्टेज एकेडेमीको तर्फबाट एयर होस्टेज ट्रेनिग कोर्षको अवसर पाएका छन् ।
त्यस्तै मिस ट्यालेन्ट इश्ना गुरुङ ,मिस पब्लिकचोइस सुहानाश्रेष्ठ , मिस इन्टलेक्चुअल र मिस फोटोजेनिककशिस बस्नेत ,मिस एथलेटिक समिक्षाअधिकारी र मिस पर्सनालिटी प्रतिमा राईले जितेका छन् । प्रत्येक टाइटल बिजेताले रु पांचहजार पुरस्कार पाएका छन् ।
एमके फोटोग्राफीको आयोजनातथामिस पुर्वान्चल २०१८ सेकेन्ड रनर अपतथामिस इटहरी २०१७ कि बिजेतातपस्या रनापहेलीको कोरियोग्राफी रहेको कार्यक्रममा निर्णायकहरुमानायिकाहर्शिका श्रेष्ठ , मिस पुर्वान्चल २०१७ रुबीलिम्बु , मिस पुर्वान्चल २०१८ पुजाश्रेष्ठ , नेपालपत्रकार महासंघ , सुनसरीको उपाध्यक्ष सन्तोष काफ्ले , पाथिभरा जब लिंकको सीइओ पवनअधिकारी , ट्रेनर सुरेश राई र सिजीब्रुअरीको डेपुटी म्यानेजर खेम कुइकेल रहेका थिए ।