मुटु भित्र बास माग्दै मिलन

काठमाडौं । गायिका मिलन नेवारले ‘मुट भित्रै देउन मलाई बास’ बोलको गितको भिडियो सार्वजनिक गरेकी छन् । गीतमा राजुबाबु श्रेष्ठको शब्द र गायक तथा संगितकार राजनराज शिवाकोटीको संगित छ ।

गायिका मिलन आफैंले भिडियोमा सोलो अभिनय गरेकी छन् । भिडियोमा राजेशपुमा राईको निर्देशन, उत्सव दाहालको छांयाकन र विकास दाहालको सम्पादन छ ।

मिलनले आफ्नै युट्युव च्यानलबाट शुक्रबार भिडियो रिलिज गरीएको हो । एल्बम मिलन २ मा समाबेश देउन मलाई बास गितलाई संञ्जीव वराईलीले एरेञ्ज गरेका हुन ।