मिष्टर नेपालीको गीतमा भावुक भुवन केसी

काठमाडौं । कात्तिक २९ गतेलाई प्रदर्शन मिति तय गरिएको फिल्म ‘मिस्टर नेपाली’को दशैं लक्षित गीत ‘हे मेरा परदेशी दाजुभाइ’को लिरिकल भिडियो सार्वजनिक भएको छ ।

सार्वजनिक भिडियोमा अभिनेता भुवन केसीलाई निकै भावुक मुद्रामा देखाइएको छ । गीतले विदेश गएका नेपालीहरुको कथा भनेको छ । फिल्मको यो गीतमा हेमन्त कान्छा रसाइलीको स्वर, देव भुषालको शब्द तथा सुवाष भुषालको संगीत छ ।

फिल्ममा भूवन केसी, सरोज खनाल, विष्णु सापकोटा, रीमा विश्वकर्मा, नन्दु श्रीवास्तवको साथमा नयाँ अनुहार साहिल श्रेष्ठ र कुसुम राउतको मुख्य भूमिका छ । फिल्ममा भुवन केसी दोहोरो चरित्रमा छन् ।

देव भुषालको लेखन, पटकथा तथा निर्देशनमा तयार भएको यो फिल्ममा प्रेमराज दाहालको लगानी छ । फिल्ममा निरज कँडेलको छायांकन, कविराज गहतराजको कोरियोग्राफी छ ।