बोल्दैन फोटोमा भावना

काठमाडौं । गायिका भावना आचार्यको ‘बोल्दैन फोटो’ बोलको नयाँ गीत सार्वजनीक भएको छ । यसअघि ‘बग्ने खोला’ र ‘मुलको पानी’गीतका कारण चर्चामा रहेकी भावनाको यो गीतमा उनलाई डेबिड शंकरले स्वरमा साथ दिएका छन् ।

दीपक शर्माको शब्द र संगीत रहेको गीतले आफ्नो साथमा नरहेका प्रेमी–प्रेमीकाको मनोभाव र प्रेमभाव बोल्छ । शिव विकले निर्देशन गरेको भिडियोमा दुर्गेश थापा र अस्मिता पुरीका साथमा डेबिड र भावना स्वयम् फिचर्ड छन् । नवराज उप्रेतीले खिचेको भिडियो गायक दुर्गेश थापाको युट्युव च्यानलमा अपलोड गरिएको छ ।