स्वस्तिमालाई मुद्धा हाल्दै निश्चल !

काठमाडौं । निर्देशक तथा अभिनेता निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्काले पहिलोपटक रोमान्स गरेको फिल्म ‘घामड शेरे’ को ट्रेलर सार्वजनिक भएको छ । फिल्म आगामी कार्तिक ८ गतेबाट रिलिज हुँदैछ । हेमराज विसी निर्देशित फिल्मले वैदेशिक रोजगारीबाट फर्किएका निश्चलको दैनिकीलाई प्रस्तुत गरेको छ ।

फिल्ममा स्वस्तिमा निश्चलको सालीको भूमिकामा छिन् । गाउँमा किनेको जग्गा खोलाले बगाएपछि त्यो जग्गा पाउन निश्चलले गरेको संघर्षलाई ट्रेलरमा देखाइएको छ । फिल्ममा निश्चलको श्रीमतीको भूमिकामा सुष्मा निरौला छिन् । फिल्ममा बादल भट्ट, लोकेन्द्र लेखक, सरोज अर्याललगायतका कलाकारहरुको पनि अभिनय छ ।

नरेन्द्र विक्रम बुद्ध क्षेत्री कार्यकारी निर्माता रहेको फिल्मलाई नरेन्द्र मैनालीले खिचेका हुन् । सुरेन्द्र पौडेलको सम्पादन र कालीप्रसाद बाँस्कोटाको फिल्ममा संगीत छ । निर्देशक विसीले नै फिल्मको कथा तथा पटकथा छ । फिल्मका निर्माता सिमोस सुनुवार हुन् । एक संवादमा स्वस्तिमालाई पनि आफुले मुद्धा हाल्ने निश्चलले उल्लेख गरेका छन् ।