भिडियोमा पानको पातमा काट भन्छेदारी

काठमाडौं । पछिल्लो समय नेपाली लोक दोहोरीको बजार बढ्दो छ । सायद त्यसैले पनि होला बजारमा बिभिन्न खालका लोक दोहोरी भित्रिने गरेका छन् ।

यस्तैमा गायिका सुनितामी परियार र गायक पूर्ण परियारले ‘पानको पातमा काट भन्छे दारी’ बोलको लोक दोहोरी गीत ल्याएका छन् ।

दुई प्रेमीबिचको रमाईलो प्रेम प्रसंग सहित रोमान्टिक शैलीमा तयार भएको गीतको भिडियो पनि बनेको छ । जसमा यादव लम्साल र पुजन घिमिरेको अभिनय देख्न सकिन्छ ।गीतमा यादव लम्सालको शब्द, अर्जुन पोखरेलको संगीत छ । भिडियो भने शिव विकले निर्देशन गरेका हुन् ।