मनाङ्गेमा दीपक मनाङ्गेको कथा

काठमाडौं । प्रदेशसभा सांसद दीपक मनाङ्गेको जीवनकथामा आधारित भएर फिल्म ‘मनाङ्गे’¬ निर्माण हुने भएको छ । किरण नेपाली र अमलादेवी राईले निर्माण गर्ने फिल्मको निर्देशन जमन विष्टले गर्नेछन् । फिल्मको कथा जमनले नै लेखिरहेका छन् । जमन र निर्माण पक्षबीच गत सोमबार सम्झौता भएको छ ।

जमनले ओस्कार कलेजबाट स्नातक र सेफर्ड कलेजमा चलचित्र बिषयमै स्नातकोत्तर गरेका छन् । फिल्मका निर्माता नेपालीले फिल्मले दीपक मनाङ्गको जन्मदेखि हालसम्मको संघर्ष र उनको जीवनमा आएको उतारचढावलाई प्रस्तुत गर्ने बताए । ‘दीपक दाइको कथामा फिल्म बनाउन मेरो कम्पनीले अधिकार लिएको छ । जमनजीले कथा लेखिरहेका छन्’, किरणले भने ।

फिल्ममा दीपकको डनदेखि सांसदसम्मका संघर्ष देखाइनेछ । फिल्म २०७७ सालको चैत्रको अन्तिम साता नयाँ बर्षलाई लक्षित गरेर रिलिज हुनेछ । किरणले निर्माण गरेको फिल्म ‘पोई र्पयो काले’ कात्तिक ८ गतेबाट रिलिज हुँदैछ ।