डिसहोम सिनेमा घरमा पोई पर्यो काले

काठमाडौं । गत कार्तिक ८ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘पोई पर्यो काले’ डिसहोमको सिनेमा घर च्याानल नम्बर १०८ मा रिलिज भएको छ । हलमा समेत सफल रहेको यो फिल्म कार्तिक २२ गते शुक्रबारबाट डीसहोममा रिलिज भएको हो । हालसम्म फिल्म हेर्न नपाएका दर्शकहरूलाई मध्यनजर गर्दै रिलिजमा ल्याइएको फिल्मलाई दर्शकहरुले ३ सय २५ रुपैंया मै घरमा सपरिवारको साथमा हेर्न सक्नेछन् ।

शिशिर राणाको लेखन तथा निर्देशन रहेको फिल्ममा पूजा शर्मा, आकाश श्रेष्ठ, सौगात मल्ल, श्रृष्टी श्रेष्ठ, सोहित मानन्धर, राजाराम पौडेललगायतको अभिनय रहेको छ । दैनिक ८ सो रहेको फिल्मलाई दर्शकहरुले आफ्नो समय अनुकुल मिलाएर हेर्न सक्नेछन ।

किरण नेपाली प्रस्तुतकर्ता रहेको फिल्ममा दिपक मनाङ्गे र सरोज नेपाली निर्माताको रुपमा छन् भने अमलादेवी राई कार्यकारी निर्माताको रुपमा छिन् । शिव ढकालको छायांकन अर्जुन पोखरेल र पुरुषोत्तम न्यौपानेको संगीत, रामजी लामिछाने र कमल राइको कोरियोग्राफी रहेको छ ।