भिडियोमा आयो इलामे शहर चियाबारी राम्रो

काठमाडौं । एकताका निकै लोकप्रिय रहेको गंगाराज मुकारुङद्वारा रचित गीत ‘इलामे सहर चियाबारी राम्रो त्यहीँ प¥यो घर हाम्रो’को पुनः गायन गरी म्युजिक भिडियोमा गीतलाई सार्वजनिक गरिएको छ । बुलु मुकारुङको संगीत तथा स्वयं बुलुसहित कुन्ति मोक्तानको स्वर रहेको गीतलाई अशोक मुकारुङ र सुनिता थेगिमको स्वरमा रिभोकल गरिएको हो ।

नोर्बु शेर्पाले रिएरेन्ज गरेको गीतको म्युजिक भिडियोमा अशोक मुकारुङ, सुकुम पारघरी लिम्बू, मन्दिप मुकारुङ र विमला राना मगरले अभिनय गरेका छन् । सुजन गुरुङले श्रृङ्गार, युनिक डान्स सेन्टर इलामका तेजु राना मगरले कोरियाग्राफी, र मन्दिप मुकारुङले भिडियो छायांकन गरेका हुन् ।

भिडियो जीवन मुकारुङको निर्देशन र सम्पादनमा तयार भएको छ । उक्त भिडियो सेवा इन्टरटेन्मेन्टको युट्युब च्यानलमार्फत् सार्वजानिक भएको हो ।