ट्रेलरमा यस्तो छ १२ सत्ताइस

काठमाडौं । आगामी मंसीर २७ गतेबाट रिलिज हुने फिल्म ‘१२ सत्ताइस’ को ट्रेलर सार्वजनिक भएको छ । राजधानीस्थित बिग मुभिजमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । लाइट कमेडी जनरामा निर्माण भएको फिल्मको ट्रेलरमा पैसा कमाउनको लागि १२ सत्ताइस गर्ने कथा देखाउन खोजिएको छ ।

जोन योञ्जनले निर्देशन गरेको फिल्ममा समिर श्रेष्ठ, अभिषेक नेपाल, काजी राना, अस्मिता लामिछाने, सम्राट थापा, अभोन राज लगायत कलाकारको अभिनय रहेको छ । ह्याप्पी प्ल्यानेट फिल्मस र कमेरो फिल्म स्क्रिनको संयुक्त ब्यानरमा निर्माण भएको यस फिल्मलाई रेणु राना, दिपक खतिवडा, र रुपक थापाले निर्माण गरेका छन् ।

फिल्ममा सहनिर्माताको रुपमा गौतम शाह छन् । फिल्मको कथा निर्देशक जोनले नै तयार पारेका हुन् । अनिश श्याङदेनले छायांकन गरेको फिल्ममा कृष्ण भण्डारीको सम्पादन छ ।