रिटायरमेन्ट मुडमा अमिताभ बच्चन

मुम्बई(एजेन्सी) । बलिउडमा शहंशाह अमिताभ बच्चन उमेरले ७७ वर्षको भए पनि अझै भारतीय फिल्ममा सक्रिय छन् । अमिताभसँग अवार्ड र सम्मानको कुनै कमि छैन । हालै मात्र उनलाई दादा साहेब फाल्के पुरस्कार दिने निर्णय भइसकेको छ ।

बलिउडका दर्शकको मन छुने धेरै र आफ्ना संवादका कारण धेरै दर्शकको मन जितिसकेका अमिताभले हालैमात्र आफ्नो ब्लगमार्फत अब रिटायरमेन्ट लिने संकेत गरेका छन् । अमिताभ हाल फिल्म ‘ब्रह्मास्त्र’को सुटिङमा व्यस्त छन् र फिल्मका लागि उनी मनाली पुगेका छन् ।

‘मलाई यहाँ यो सानो सुन्दर स्थानमा पुग्नका लागि गाडीबाट १२ घण्टा लाग्यो’, उनले लेखेका छन् । यहाँको वातावरण र कोठा पनि अलग किसिमको छ । मलाई अब रिटायर हुनुपर्नेछ । मेरो दिमाग कहिँ कतै छ र मेरो औला पनि अरु नै केही गरिरहेका छन् ।’