दीपेन्द्रको रंग भित्रमा निराजन–नीता

काठमाडौं । सञ्चारकर्मी दिपेन्द्र घिमिरेको शब्दमा गायिका मेनुका पौडेलको स्वर रहेको गीत ‘रंग भित्रको’को भिडियो सार्वजनिक भएको छ । गीतमा एस.डी योगीको संगीत रहेको छ भने संगीत संयोजन रिकेश गुरुङले गरेका हुन् ।

एक रानीको राजासँगको मायाको चाहना र रानीको मायाको चाहनालाई बेवास्ता गर्ने राजाको कथा प्रस्तुत गरिएको सार्वजनिक गीतको भिडियोमा निराजन प्रधान र नीता ढुंगाना फिचर्ड छन् । भिडियोमा शान थापाको निर्देशन, अनिल के. मानन्धरको छायांकन र सुप्रिम पराजुलीको सम्पादन रहेको छ ।