अविनाशसँग केकीको चालबाज

काठमाडौं । दार्जिलिङमा सुटिङ हुने फिल्म ‘चालबाज’को घोषणा गरिएको छ । यो फिल्मको छायांकन भोलिबाट दार्जिलिङमा सुरु हुनेछ । मिरिकमा पत्रकार सम्मेलनको आयोजना गर्दै फिल्म निर्माणको घोषणा गरिएको हो ।

सौरभ इन्टरनेन्मेन्ट र बलाली प्रोडक्शनको ब्यानरमा निर्माण हुने फिल्ममा अरुण तामाङको निर्माण तथा कैलाश राईको निर्देशन रहनेछ । फिल्ममा नायिका केकी अधिकारी, कलाकार बुद्धि तामाङको साथमा नव–कलाकार अविनाश प्रधानको मुख्य भूमिका रहनेछ । फिल्ममा महेन्द्र बागदाश, चाँदनी प्रधान, सान्तिला तामाङको मुख्य भूमिका रहनेछ ।

फिल्ममा सौरभ लामाको छायांकन, कमल राई र रामजी लामिछानेको नृत्य निर्देशन, दीपक शर्मा र अगोम गुरुङको संगीत, विपिन किरणको शब्द रहनेछ । फिल्मका प्रोडक्शन म्यानेजर सुदिप ढकाल हुन् । फिल्मलाई सस्पेन्स लभ स्टोरी कथामा निर्माण गर्न लागिएको निर्माणपक्षले जानकारी दिएको छ ।