दया र वर्षा डबल सीको एम्बासडर

काठमाडौं । नायक दयाहाङ राई र नायिका वर्षा शिवाकोटी डबल सी नामक भिटामिन जुसको ब्राण्ड एम्बासडर बनेका छन् । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै उनीहरुलाई एम्बासडर घोषणा गरिएको हो । यो जुसलाई सम्पूर्ण परिक्षण पश्चात नेपाल भित्र्याइएको उक्त अवसरमा जानकारी गराइयो । थाइल्याण्डमा निकै रुचाइएको यो जुस सोमबारबाट बजारमा उपलब्ध हुनेछ । लेमन एण्ड लाइम र ओरेञ्ज एण्ड लेमन फ्लेभरमा बजारमा उपलब्ध हुने यो भिटामिन जुसको मुल्य एक सय रुपैयाँ रहेको छ ।

कार्यक्रममा दया र वर्षाले जुसको लोकार्पणसमेत गरे । कार्यक्रममै उपस्थित निर्देशक तथा निर्माता मिलन चाम्सले यो जुस नेपालमा आउनु सुखद रहेको बताए । यसलाई रोविनेश इम्पोर्ट एक्सपोर्टले नेपाल ल्याएको हो । यो टिममा सुरेश राई, राजकुमार राई, रोविन राई, रमेश लामा, निश्चल लामा, रोमन राई रहेका छन् ।

‘यसले प्रत्यक्ष रुपमा स्वास्थ्यमा फाइदा पुर्याउने भएकोले नै हामीले यसलाई नेपाल ल्याएका हौ’ टिमका एक सदस्य राजकुमार राईले बताए । सोमबारबाट बजारमा उपलब्ध हुने ‘डबल सी’लाई दया र वर्षाले विभिन्न माध्यमबाट प्रवर्धन गर्नेछन् ।