काठमाडौ। फिल्म ‘दि कर्मा’को पहिलो गीत ‘बजार लाग्या छ’ सार्वजनिक भएको छ । गीतमा नायिका नीता ढुंगाना र नायक करण वर्मा फिचर्ड छन् । भिडियोमा नायिका परमिता राज्यलक्ष्मी राणा रिस लुक्समा छन् भने बुद्दि तामाङ्ग पनि देखिएका छन् । यस गीतमा कोशिस क्षेत्रीको शब्द तथा संगीत रहेको छ भने मनिषा पोखरेलको स्वर रहेको छ । यस गीतका कोरियोग्राफर रामजी लामिछाने हुन् । फिल्मका गीतहरुमा कोशिश क्षेत्री, मानस थापा र अंकित बाबु अधिकारीको संगीत छ ।
फिल्मलाई देव कुमार श्रेष्ठले निर्देशन गरेका हुन् । जय मिडिया म्यानेजमेन्ट र श्रीत फिल्मस् एण्ड इन्टरटेन्मेन्टको ब्यानरमा बनेको ‘दि कर्मा’को कथा निर्माता जय राज राय आँफैले लेखेका हुन् । रायसँगै श्रीदेव बि.एल. र निशा खतिवडा निर्माता रहेको यस फिल्ममा शारदा खड्का अर्याल सह निर्माताको रुपमा छन् । फिल्मको छायांकन नेपालको तराई क्षेत्रमा भएको हो । फिल्ममा करण, नीता, परमिता, बुद्दीसँगै देव कुमार श्रेष्ठ, अनुप सक्सेना, संगीता नापितलगायतका कलाकारहरुको अभिनय रहेको छ । ‘दि कर्मा’को पटकथा तथा संवाद शुशील पोखरेलको हो । फिल्मलाई रामेश्वर कार्कीले छायांकन गरेका छन् ।
दि कर्मा’ नेपाल र भारतको सिमा क्षेत्रमा हुने घटनामा बनेको निर्माता जय राज रायले बताए । अर्का निर्माता श्रीदेवका अनुसार यो फिल्म नेपाल रिलीजसँगै अन्य मुलुकहरुमा पनि रिलीज हुनेछ ।