सत्यराजको सहयोगार्थ गीत

काठमाडौं । ब्लड क्यान्सर पीडित सत्यराज सापकोटाको सहयोगार्थ पोखरामा ‘लाइन्स नाइट २०१९’ सम्पन्न भएको छ । लाइन्स क्लब अफ पोखरा पिस सेन्टरल सिटि र लाइन्स क्लब अफ पोखरा सेन्टरल सिटिले संयुक्त रुपमा कार्यक्रमको आयोजना गरेका हुन् । कार्यक्रममा गायक प्रमोद खरेल, पशुपति शर्मा, सम्झना भण्डारी, विक्रम बराल, कमेडियन डोरेस खतिवडा ,मेनुका माझी लगायतका चर्चित कलाकारहरुले आफ्ना प्रस्तुतिहरु दिएका थिए ।

पोखरा सभा गृहमा दिउँसो ३ बजे बाट सुरु भएको कार्यक्रम राती ८ बजे सम्म चलेको थियो । कार्यक्रम सफल भएको र आगामी बर्षहरुमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने अध्यक्ष बिक्रम गुरुङले जानकारी दिए । अर्का अध्यक्ष चेतन कार्कीले चाडैं नै एक कार्यक्रम गरि बिरामी सत्यराज सापकोटालाई रकम हस्तान्तरण गरिने बताए ।