दोस्रो ट्रेलरमा यस्तो १२ सत्ताइस

काठमाडौं । आउँदो माघ ३ गतेबाट देशव्यापी प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘१२ सत्ताइस’ को दोश्रो ट्रेलर सार्वजनिक भएको छ । फिल्ममा पैसा कमाउनको लागि १२ सत्ताइस गर्ने कथा देखाइएको छ ।

जोन योञ्जनको निर्देशन र कथा रहेको फिल्ममा समीर श्रेष्ठ, अभिषेक नेपाल, काजी राना, अस्मिता लामिछाने, सम्रान्त थापा, एभोनराज उप्रेती, भीष्म जोशी, अस्मिता खनाल, विना कार्की, धर्मेन्द्रध्वज मल्ल, करन साउदको अभिनय छ ।

ह्याप्पी प्ल्यानेट फिल्मस र कमेरो फिल्म स्क्रिनको संयुक्त ब्यानरमा निर्माण भएको फिल्ममा रेणु राना, दिपक खतिवडा र रुपक थापाको लगानी छ ।