सपनाको सांगीतिक सपना सार्वजनिक

काठमाडौं । गायिका सपना थापाको स्वरमा नयाँ मौलिक लोकदोहोरी गीत ‘सपना’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा गायिका थापालाई गायक मेक्सम खातीले साथ दिएका छन् । गीतको भिडियोमा विवाहित पुरुष र अविवाहित युवतीको माया प्रेमलाई दर्साइएको छ ।

भिडियोमा लोमश शर्मा ,रेखा थापा र लक्ष्मी शर्मा फिचर्ड छन् । सागर प्रधानको शब्द तथा संगीत र महेशबिक्रम पाण्डे को एरेन्ज रहेको छ । गीतको भिडियोलाई युवराज खत्रीले निर्देशन तथा सम्पादन गरेका हुन् ।