अन्जली र बलेलाई बालापन सम्झाउदै लोकराज

काठमाडौं । गीतकार लोकराज अधिकारीको शब्द रहेको ‘टाला टुली बाटुली’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । भिडियोमा सागर लम्साल ‘बले’ र अन्जली अधिकारी फिचर्ड छन् ।

राजेन्द्र बुढाथोकीको स्वर रहेको गीतमा अर्जुन पोखरेलको संगीत छ । भिडियोमा राजीब समरको कोरियोग्राफी, सिलन लम्सालको सम्पादन, अर्जुन अधिकारी र टिमको छायांकन तथा शान थापाको निर्देशन छ ।