नवनीतको ढिकी कुटीमा महिला पीडा

काठमाडौं । दार्जिलिङकी लोक गायिका नवनीत आदित्य वाइबाले ‘ढिकी कुटी’ बोलको नयाँ गीतको म्यूजिक भिडियो सार्वजनिक गरेकी छन् । ‘ढिकी कुटी’एउटी युवती अथवा महिलाले आफ्नो जीवनकालमा देख्ने भोग्ने विभिन्न ऋतुहरुको बयान हो । धरान, नागाल्याण्ड र पश्चिम दार्जिलिङ पहाड, जहाँ गायिका नवनीतको घर छ त्यहि म्युजिक भिडियोको छायांकन भएको हो ।

यस गीतमा स्वर नवीनत आदित्य वाइबाको रहेको छ भने शब्द गायिका वाइबाकै रहेको छ । गीतमा संगीत गायिका वाइबा र सत्य आदित्य वाइबाको रहेको छ । गीतको संगीत संयोजन रुबिन कुमार श्रेष्ठले गरेका हुन । गायिका वाइबा फिचर्ड म्युजिक भिडियोलाई नेलसन तामाङले छायांकन र सम्पादन गरेका हुन् । नवनीतका भाइ सत्य आदित्य वाइबाको निर्देशन र निर्माणमा भिडियो तयार भएको हो ।

गायिका नवनीत आदित्य वाइबा लोकगायिका हिरादेवी वाइबाकी सुपुत्री हुन् । एयरलाइन्सको जागिर पश्चात हाल उनी आफ्नी आमाकै पेशामा फर्किएकी छिन । आमाकै पुराना गीतहरुलाई उनि र उनका भाइ मिलेर पुन प्रकाशनमा ल्याएर यसघि सन् २०१७ मा ‘आमालाई श्रद्धान्जली’ नामक एलवम समेत प्रकाशनमा ल्याइसकेकी छन् ।