इटहरीमा कान्तिपुर फिल्म एकेडेमी

इटहरी । कान्तिपुर फिल्म एकेडेमी इटहरी शाखाको शुभारम्भ भएको छ । प्रदेश नं १ को सुन्दर शहर इटहरीमा फिल्मका विभिन्न विधा अध्ययन गर्न चाहने विद्यार्थीलाई लक्षित गर्दै एकेडेमी खोलिएको हो ।

कलाकार हरिवंश आचार्यको प्रमुख आतिथ्यता तथा कान्तिपुर फिल्म एकेडेमीका अध्यक्ष छविराज ओझाको अध्यक्षतामा सम्पन्न उक्त उद्घाटन कार्यक्रममा फिल्म अध्ययन गर्न चाहनेहरुको लागि कान्तिपुर फिल्म एकेडेमीले पहिलो शाखा इटहरीमा सञ्चालन गरेको कान्तिपुर फिल्म एकेडेमीका सिइओ प्रकाश पुरीले बताए ।

कलाकार आचार्यले मोफसलमा फिल्म अध्ययनको पहुँच पु¥याउन कान्तिपुर फिल्म एकेडेमीले गरेको यो प्रयासको प्रशंसा गरे । साहित्यकार एवं प्राध्यापक मनु मन्जिलले कान्तिपुर फिल्म एकेडेमीले पूर्वको शान बढाएको बताए । प्रदेश नं १ ट्राफिक प्रहरी प्रमुख भीमबहादुर दाहालले सफलताको शुभकामना दिए ।

पहिलो चरणमा कातिपुर फिल्म एकेडेमी इटहरीले फिल्म मेकिङ, भिडियो इडिटिङ र फोटोग्राफीको १ महिने कक्षा यही फागुन ४ गतेबाट सन्चालन गर्दैछ ।