फष्टलुकमा आकाश र पूजाको सम्झना बिर्सना

काठमाडौं । अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री पूजा श्रेष्ठ अभिनित फिल्म ‘सम्झना बिर्सना’को फस्टलुक सार्वजनिक भएको छ । दार्जिलिङ, सिक्किम र नेपालको पहाडी जीवन पद्दतिको प्रेमकथामा आधारित रहने फिल्ममा निमेष प्रधानको निर्देशन रहेको छ ।

आदित्य प्रधान र रेविका प्रधानले निर्माण गरेको फिल्ममा सुनिल थापा, शिशिर राणा र सिक्किमकी नयाँ कलाकार चाँदनी प्रधानको पनि अभिनय रहेको छ ।

आदित्य फिल्मस्को व्यानरमा निर्माण हुने फिल्ममा शिव ढकालको छायांकन छ । आगामी वर्षको जेठ २ गते रिलिज हुने फिल्ममा तारा थापा किम्भेको सम्पादन, राजन इशान र सुदर्शन तामाङको संगीत, कमल राईको कोरियोग्राफी, शिशिर राणा र निमेष प्रधानको पटकथा तथा संवाद छ ।