तिमी छौ र पोमा मेघ

काठमाडौं । गायक मेघ पौडेलको गीत ‘तिमी छौ र पो म छु’ सार्वजनिक भएको छ । अमेरिकामा बस्दै आएका मेघको नयाँ गीत एस इन्टरटेनमेन्ट मार्फत सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा मेघलाई गायिका मेलिना राईले स्वरमा साथ दिएकी छन् ।

योगेश काजीको शब्द, संगीत र एरेञ्ज रहेको गीतको भिडियोलाई नेत्र गुरुङले निर्देशन गरेका छन् । गीतको भिडियोमा योगेश काजी र वेनिशा हमाललाई फिचरिङ गरिएको छ । कश गुरुङको छायांकन रहेको भिडियोमा नेत्र गुरुङको सम्पादन रहेको छ ।

यसअघि एल्बम ‘जर्नी’ स्रोतारदर्शकमाझ ल्याएका मेघले प्रेम दिवसको अवसरमा सार्वजनिक गरिएको गीत ‘तिमी छौ र पो म छु’ले सबैको माया पाउनेमा आशावादी रहेको बताए ।