आरसीको लालपुर्जामा सुनिल र रक्षा

काठमाडौं । गायक आर सी सापकोटाले ‘लालपुर्जा’ बोलको गीतको भिडियो सार्वजनिक गरेका छन् । रमेश परियारको शब्द रहेको गीतमा मेलिना राईको स्वर छ ।

भिडियोमा सुनिल क्षेत्री र रक्षा श्रेष्ठको अभिनय देख्न सकिन्छ । सुनिल निउरेले निर्देशन गरेको भिडियोमा टंक केसीको छायांकन र अराज केशबको सम्पादन छ ।