माया जदौमा कलाकारको जदौ

काठमाडौं । कमेडी जनराको फिल्म ‘हिजो आजका कुरा’ को पहिलो गीत ‘माया जदौ’ को भिडियो सार्वजनिक भएको छ । साकार पन्तको डेब्यु निर्देशनमा अभिनेता सन्तोष पन्तको प्रस्तुति रहेको फिल्मको गीतमा रामकृष्ण ढकाल र मेलिना राईको स्वर छ । आनन्द अधिकारीको शब्द र दीपक शर्माको संगीत रहेको गीतको कोरियोग्राफी कविराज गहतराजले गरेका हुन् ।

भिडियोमा मदनकृष्ण श्रेष्ठ, सन्तोष पन्त, नीर शाह, शम्भुजीत बास्कोटा, भुवन चन्द, बसुन्धरा भुसाल, मिथिला शर्मा, गौरी मल्ल, धीरेन शाक्य, रमा थपलीया, दिनेश डिसी, दीपाश्री निरौला, जितु नेपाल, केदार घिमिरे, जयनन्द लामा, शिवहरि पौडेल, केकी अधिकारी, ऋचा शर्मा, साकार पन्त, रिमा विश्वकर्मा, जेबिका कार्की, नवीन के भट्टराई, नितेशजंग कुँवर, नम्रता श्रेष्ठ, यमन श्रेष्ठ, रमेश अधिकारी, सबिन शाक्य, मन्जु श्रेष्ठ, बिनय कुँइकेल, अनुष्का अधिकारी, लुनिभा तुलाधरलगायतका कलाकार फिचर्ड छन् ।

वैशाख १२ गते प्रदर्शन हुने फिल्ममा सन्तोष पन्त, साकार पन्त,रमा थपलीया,लक्ष्मी भुसाल,केकी अधिकारी, ऋचा शर्मा, दिब्यदेव पन्त, रिमा विश्वकर्मा, जयनन्द लामा, जेबिका कार्की, रमेश अधिकारी, बिनय कुँइकेल, अनुष्का अधिकारी, निराजनप्रसाद अर्याल, सबिन शाक्यलगायतका कलाकारले अभिनय गरेका छन् ।

पन्त फिल्म प्रोडक्सनमा निर्मित फिल्मको कार्यकारी निर्मातामा प्रतिभा पन्त, सह निर्मातामा बैकुण्ठप्रसाद उपाध्याय (अशोक) र सचितकुमार मिश्र छन् । रवि सायमीले खिचेको फिल्मको कथा सन्तोष पन्तको हो भने सन्दीप किस्नाको पटकथा रहेको छ ।