यसरी भएको थियो दिव्या भारतीको निधन

मुम्बई(एजेन्सी) । बलिउडकी एक समयकी चर्चित अभिनेत्री दिव्या भारतीको आज मंगलबार जन्मदिन हो । स्वर्गीय यी अभिनेत्रीको जन्म सन् १९७४ फेब्रुअरी २५ मा महाराष्ट्रमा भएको थियो । उनले १९ वर्षको उमेरमै संसार छोडेकी थिइन् । उनले आफ्नो छोटो फिल्मी करियरमा १२ फिल्ममा काम गरेकी थिइन् । चुलबुले चरित्रकी दिव्याले सन् १९९३ अप्रिल ५ मा संसार छोडेकी थिइनु् । उनको निधन के कारणले भएको हो भन्ने विषय अझै रहस्यको गर्भमा छ ।

उनको मृत्यु उनको फ्ल्याटको ढोकाबाट झरेर भएको थियो । यो समयमा उनीसँग फेसन डिजाइनर नीता लुल्ला र उनका पति श्याम लुल्ला थिए । उक्त दिन राती १० बजे दिव्या कोठामा पुगेकी थिइन् । तिनैजनाले लिभिङ रुपमा बसेर मदिरा सेवन गरेका थिए । उनीहरुका अलावा किचनमा दिव्याको कामदार काम गरिरहेका थिए । नीता र श्याम लिभिङ रुममा बसिरहँदा दिव्या चाहिँ ढोकातिर गएकी थिइन् ।

केही समय ढोकामै बसिरहेकी उनी फर्किन लाग्दा असन्तुलित भई ६ तला माथिबाट खसेकी थिइन् । अपार्टमेन्टको पार्किङ स्थलमा नियमित उक्त घटनाको दिन कुनै गाडी पार्किङमा थिएनन् । घटना हुनासाथ उनलाई अस्पताल पु¥याएको केही समयमै उनको निधन भएको थियो । उनले निधनको दिन एक फिल्मको लागि डिल साइन गरेकी थिइन् । घटनाको भोलिपल्ट हैदराबाद जानु पर्ने भए पनि उनी जान पाइनन् ।