राहुल र समिताको मुटु र तिमी

काठमाडौं । नवगायिका तथा मोडल समिता श्रेष्ठ र राहुल रक्सको गीत ‘मुटु र तिमी मा’ सार्वजनिक गरिएको छ । गीतमा समिता श्रेष्ठ र राहुल रक्सको स्वर, सुरज अधिकारीको शब्द संगीत रहेको छ भने महाराज थापाले संगीत संयोजन गरेका छन् । यस अघि दर्जन गीतमा स्वर दिई सकेका गायक राहुल र समिताको यो गीतमा केमेस्ट्री जमेको छ ।

भिडियोमा सञ्चारकर्मी तथा मोडल विकास लामिछानेसँग गायिका समिता आफै भिडियोमा फिचर्ड छिन । काठमाडौँ , सिन्धुली तथा रामेछापको रमणिय स्थलहरुमा छायांकन गरिएको यस गितको भिडियोलाई नव ढुंगेलले निर्देशन गरेका हुन् ।

भिडियोमा माधव बेल्बासेको सम्पादन, अमृत सुनुवारको डिओपीमा आभास बज्राचार्यको छायांकन रहेको छ भने कोरियोग्राफी हेमन गुरुङले गरेका छन् ।