अविनासको माथिल्लो लेकमा विदेशी कलाकार

काठमाडौं । गायक अविनास घिसिङको ‘माथिल्लो लेकमा (सेलो टन)’ बोलको गीत सार्वजनिक भएको छ । युट्युब मार्फत सार्वजनिक गरिएको गीतमा सुवानी मोक्तान, अराज केशव र डिजे तेन्जिङ फिर्चड छन् । गीतको भिडियोलाई बिभोर पोखरेलले निर्देशन गरेका हुन ।

गायक अविनास कै शब्द तथा संगीत रहेको गीतमा दुई युके्रनी एक रसिया र एक इजरायली कलाकारहरु कोरशमा देखिएका छन् ।

नेपाली सेलो टन मा आधारित रहेको गीतको भिडियोलाई अनिल के मानन्धर र मिलन शंकरले छायाँकन गरेका छन् । क्याटमाण्डौ इन्टरटेन्मेन्टको प्रस्तुति रहेको गीतमा मोहित मुनालको ध्वनी संयोजन तथा सुप्रिम पराजुलीले सम्पादन रहेको छ ।  यसअघि गायक घिसिङको ‘लाइसेन्स ठेक्का’ दर्शकले एकदमै रुचाएका थिए ।