दर्शकमाझ पुनः आउँदै शहंशाह

मुम्बई(एजेन्सी) । बलिउडका सुपरस्टार अमिताभ बच्चनलाई बलिउडको शहंशाहका रुपमा पनि चिनिन्छ । यो शहंशाह शब्दको सम्बन्ध सन् १९८८ मा रिलिज उनको फिल्म ‘शहंशाह’सँग छ । जुन फिल्मलाई आज पनि दर्शकले हेर्न रुचाउँछन् । निकै असहजताका साथ रिलिज यो फिल्मलाई दर्शकले निकै मनपराए । यो फिल्मको ‘नाम है शहंशाह..रिस्ते में तुम्हारे लगते हे’ संवाद आज पनि उत्तिकै हिट छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार यो चर्चित फिल्मलाई नयाँ स्वरुपमा पुनः दर्शकले हेर्न पाउने भएका छन् । फिल्मका निर्माताले ‘शहंशाह’लाई पुनः निर्माण गर्ने योजना बनाइरहेका छन् र फिल्ममाथि चाँडै नै काम शुरु हुँदैछ । फिल्मका निर्देशक टीनू आनन्द यो फिल्मलाई पुनः बनाउने योजना बनाइरहेका छन् ।

फिल्मको निर्माता आनन्द र मल्होत्रा नै हुनेछन् । फिल्ममा अमिताभ बच्चनले नै शीर्ष भूमिका निभाउनेछन् । यदी यो कुरा सत्य हो भने पुनः अमिताभले बलिउडमा धमाका मच्चाउने धेरै फिल्मकर्मीले विश्वास लिएका छन् ।

यो फिल्मलाई लिएर निकै विवाद उत्पन्न भएको थियो । फिल्मको विवाद बजेटलाई लिएर भएको थियो । फिल्मको बजेट धेरै भएपछि फिल्मका वितरकले पनि छलफल गरेका थिए ।