केकी बनिन् नेपालकी छोरी

काठमाडौं । गायिका माया पुनको स्वरमा नयाँ गीत ‘नेपालकी छोरी’ सार्वजनिक भएको छ । पुनहिलको परिचय झल्कने शब्द र संगीत रहको उक्त गीतमा अभिनेत्री केकी अधिकारी फिचर्ड छिन् । भिडियोमा उनलाई अनिल अधिकारी र सुमिन गुरुङले साथ दिएका छन् ।

जंगबहादुर पुनको शब्द र अर्जुन पोखरेलको संगीतमा तयार भएको गीत ड्रिम्स स्टुडियोमा रेकर्ड गरिएको हो । पोखराको विभिन्न रमणिय स्थलमा छायांकन गरिएको गीतले राष्ट्रिय भाव प्रस्तुत गरेको गायिका पुनले बताइन् । गीतकार जंगबहादुरका अनुसार पर्यटकीय स्थल पुनहिलको परिचय दिने खालका शब्द र भिडियो पनि त्यही अनुसार निर्माण गरिएको छ ।

भिडियोमा सरोज अधिकारीको छायांकन, टेकेन्द्र शाहको रंग संयोजन, प्रिती गुरुङको नृत्य निर्देशन तथा सुवास अम्गाईको निर्देशन तथा सम्पादन छ । साथी क्रियशनले भिडियो निर्माण गरेको हो ।