कर्मचारीलाई प्रोत्साहन गर्न मेरियटको यस्तो काम

काठमाडौं । नक्सालमा अवस्थित काठमाडौं मेरियट होटलले कोरोना भाइरसको महामारीको अवस्थामा पाहुना र कर्मचारीहरुको सुरक्षा सुनिश्चित गर्न विशेष कदम चालेको छ । होटलले कोरोनारहित विश्व बनाउन चौबिसै घण्टा काम गरिरहेका कर्मचारीहरुको प्रशंसा स्वरुप मुटु आकारको चिन्ह अंकित गरेको छ ।

नेपाल सरकारको निर्देशन अनुसरण गर्दै होटलले पूर्ण क्षमताले काम नगरेको भएपनि यसले होटलमा पहिले नै बसिरहेका अतिथिहरुको सेवामा यथासक्दो गरिरहेको छ । होटलमा डब्लूएचओद्वारा निर्दिष्ट रोकथामा उपायहरुको बारेमा पोस्टर र साइनबोर्डहरु राखिएको छ जसले अतिथिहरु र कर्मचारीहरुलाई शिक्षा दिदँै आइरहेको छ ।

होटलद्वारा जारी विज्ञप्तीमा होटलले अतिथिहरुले चेक इन गर्दा तापक्रम पनि जाँच गरिरहेको जनाएको छ । कर्मचारीहरुलाई पनि अतिथिहरु कम्तीमा ३ फिटको दुरीमा बसिरहेको सुनिश्चित गर्न कडा निर्देशन दिएको छ । यसका साथै आवश्यकता र कुनै प्रकारका मेडिकल आवश्यकतालाई सहयोग गर्न अन्य कर्मचारीहरु चौबीसै घण्टा उपलब्ध छन् । ब्रेड र अन्य बेकरी आइटम अर्डरका लागि होटेलको पेटिसेरी र काठमाडौं बकिङ्ग कम्पनी पनि खुल्ला रहेको होटलले जनाएको छ ।