न्यूर्योक(एजेन्सी) । अमेरिकी उपन्यासकार मेकेन्जी बेजोस फोब्र्सको अरबपतिको सूचीमा समावेश भएकी छन् । फोब्र्सका अनुसार उनको कुल सम्पत्ति २ दशमलब ७० लाख करोड रुपैंयाँ छ । उनी विश्वकै २२ औं धनी व्यक्ति हुन् ।
रोचक कुरा के छ भने मेकेन्जी जुन पैसाले धनी भएकी छन्, त्यो पैसा उनले पूर्व पति जेफ बेजोसबाट पाएकी हुन् । जेफसँग डिभोर्स भएपछि मेकेन्जीले यो पैसा पाएकी हुन् । दुबैको तीन छोरा र एक छोरी हुन् । चिनियाँ मूलका तीन छोरीलाई मेकेन्जीले अपनाएकी छन् ।
मेकेन्जी बेजोसकै कम्पनीमा काम गर्थिइन् । एकै कम्पनीका काम गर्दा उनीहरुबीच प्रेम भयो र विवाह गरेका थिए । उनीहरुको वैवाहिक सम्बन्ध लगभग २५ वर्षसम्म चल्यो । त्यसपछि दुवैबीच खटपट शुरु भएपछि सम्बन्धविच्छेद गरे ।
जेफको कुल सम्पत्ति १ सय १३ अर्ब डलर छ । उनी लगातार तेस्रो पटक विश्वकै धनी बनेका छन् । सम्बन्धविच्छेदको समयमा ठूलो रकम श्रीमतिलाई दिनुपरे पनि उनी उनी धनीको उच्च स्थानमै छन् ।