वृद्धवृद्धामा कोरोनाको अनौठो लक्षण

वासिङटन(एजेन्सी) । कोरोना भाइरसको मामला धेरै संख्यामा वृद्धवृद्धालाई देखिएको छ । चिकित्सकका अनुसार वृद्धवृद्धामा कोरोना भाइरसको लक्षण आम मानिसको भन्दा फरक देखिने सम्भावना बढी छ । आम रुपमा चिसो, ज्वरो र श्वास लिन समस्या हुनेलाई कोरोना भाइरसको लक्षण मानिएको छ । तर वृद्धवृद्धाको हकमा यो लक्षण अलिक फरक छ । यस्ता उमेर समूहका बिरामीलाई थकान, भोक कम लाग्ने, स्मरणशक्ति कम हुने र सन्तुलन गुमाउने जस्ता समस्या देखिएका छन् ।

चिकित्सकले वृद्धवृद्धा उमेरका मानिसमा यस्तो लक्षण देखिएमा तुरुन्तै सहयोग गर्नुपर्ने र अस्पताल पु¥याउनुपर्ने सुझाव दिएका छन् । उमेरसँगै मानिसको शरीरमा परिवर्तन हुने र यस्तो अवस्थामा कुनै पनि बिरामीको लक्षण पनि अलग हुने चिकित्सकको दाबी छ । बढी उमेरका मानिसको शरीर सुस्त हुने, बोन म्यारो फाइटर र सिग्नल सेल्स कम हुने भएकाले यस्ता मानिसको इम्यून सेल्सले ढिलो काम गर्ने चिकित्सकहरुको भनाइ छ ।

चिकित्सकका अनुसार जब कोही वृद्धवृद्धामा इन्फेक्सन हुन्छ, तब शरीरले तिब्र रुपमा फाइट गर्न सक्दैन । मानिसको शरीरमा प्रतिरोधात्मक शक्तिले काम गरिरहँदा ज्वरो र रुघाखोकीको लक्षण देखिए पनि शक्तिका कारण त्यो लक्षण विस्तारै हराउँदै जान्छ । वैज्ञानिकले फ्लू जस्तो बिरामीमा वृद्धवृद्धा व्यक्तिमा अन्यौल हसने दाबी गरेका छन् । यस्तो अवस्थामा उनीहरुलाई के हुन्छ भन्ने कसैले बताउन सकेको छैन । डाक्टरको सम्पर्कमा आएका अधिकांश वृद्धवृद्धालाई आफू के बिरामी छु र के लक्षण छ भन्नेसम्म थाहा हुँदैन ।