मुम्बई(एजेन्सी) । कोरोना भाइरसको महामारीका कारण लागु गरिएको लकडाउनले मानिसहरु घरभित्रै बसिरहेका छन् । बलिउड अभिनेता सलमान खान पछि आफ्ना साथी र आफन्तका साथ पनवेलस्थित फार्महाउसमा छन् । लकडाउनको नियमको पालना गर्दै उनी काम पनि गरिरहेका छन् । यही समयमा उनले ज्याकुलिन फर्नान्डिजका साथ दुई गीत पनि सार्वजनिक गरे ।
यिनै सलमानकी प्रेमिका यूलिया वन्तूर एक वेभ सिरिज लिएर आउँदैछिन् । उनी यो च्याट शोको सञ्चालक हुनेछिन् । समाचार अनुसार यूलियालाई बनिजय ग्रुप एसिया नामको एक प्रोडक्सन हाउसले कामको लागि प्रस्ताव गरेको छ । यूलियाको यो च्याट शोमा बलिउडका स्टारहरु अतिथी रहनेछन् । यो शोको एक एपिसोडमा केवल एक कलाकारमात्र हुनेछन् ।
यो शोमा कलाकारसँग जोडिएका धेरै कुराको खुलासा हुने अनुमान गरिएको छ । प्रोडक्सन हाउस यतिबेला शोमा आउने अतिथीको सूची बनाउन जुटेको छ । प्रोडक्सन हाउसले शोको पहिलो भागमा सलमान खान अतिथी बनुन् भन्ने चाहेका छन् । यो विषयमा सलमानसँग हाउसको कुराकानी भइरहेको छ ।
सलमानका लागि यो च्याट शोमा सहभागिता जनाउनु कुनै अनौठो हुनेछैन किनकी युलिया, सलमानलगायत यतिबेला पनवेल फार्म हाउसमै छन् । क्वारेन्टाइन समयमा सलमान सामाजिक सन्जालमा निकै सक्रिय भएका छन् । उनी सामाजिक सन्जालमा आफूसँग सम्बन्धित भिडियो तथा तस्बिर राखिरहेका हुन्छन् ।