निधन भएपछि पनि ट्रोल

इस्लामाबाद(एजेन्सी) । पाकिस्तानमा गत शुक्रबार भएको हवाई दुर्घटनामा ज्यान गुमाएकी मोडल जारा आबिद यतिबेला धार्मिक कट्टरपन्थीको ट्रोलको शिकार बनेकी छन् । आबिदलाई मरेपछि पनि उनको कपडा र जीवनशैलीलाई लिएर ट्रोल बनाइएको हो । ट्रोलर्सको कमेन्टका कारण आबिदको सामाजिक सन्जाल एकाउन्ट डिएक्टिभ गरिएको छ ।

हवाई दुर्घटनापछि जारालाई बचाइएको अफवाहलाई ट्रोलरले जमेर उडाएका थिए । त्यसपछि उनको परिवारले २८ वर्षीया मोडलको निधन भइसकेको निश्चित गर्नुपरेको थियो । धार्मिक कट्टरपन्थीहरु उनको निधन पछि पनि सजाय भोग्नुपर्ने श्राप दिइरहेका छन् ।

इरफान नामका एक प्रयोगकर्ताले जन्नत शुद्ध पुरुष र महिलाका लागि मात्र रहेकाले अंग देखाउने महिलालाई भगवानले जन्नतमा बस्न नदिने लेखेका छन् । यद्यपि धेरै मानिसहरु आबिदको पक्षमा पनि उभिएका छन् । एक प्रयोगकर्ताले केही व्यक्तिहरु आबिदको मृत्युको प्रयोग आफ्नो जागिर बचाउनका लागि गरिरहेको उल्लेख गरेका छन् ।

आबिदले कैयौं फेसल ब्राण्डका साथ काम गरेकी थिइन् । यसै वर्षको जनवरीमा उनले वेस्ट फीमेल मोडलको अवार्ड पनि जितेकी थिइन् । यो वर्षको अन्त्यमा उनी एक फिल्ममा काम गर्ने तयारीमा थिइन् ।