भिडियोमा प्रधानमन्त्री ओलीको बन्छ नमूना नेपाल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा रचित गीत ‘बन्छ नमूना नेपाल’ को भिडियो सार्वजनिक भएको छ । वैदेशिक रोजगारीमा गएका दिदीबहिनी, दाजुभाईको सम्मान तथा सुस्वाथ्यको कामना गर्दै अन्तरा सांगीतिक समूहले गीतको भिडियो ल्याएको हो ।

अशोक लोहोरुङ राईको संगीत तथा संगीत संयोजन रहेको गीतमा सञ्जय तुम्रोक, दुर्गा परियार र श्रेयसी चेम्जोङको स्वर छ । गीतमा युवालाई देश विकासमा लाग्न र नमूना नेपाल बनाउन आग्रह गरिएको छ ।

अशोकको नेतृत्वमा अन्तरा सांगीतिक समूहले विगतमा थुप्रै गीत श्रोता र दर्शकमाझ ल्याईसकेका छन् ।