देश बदल्ने मुरारीको चाहना

काठमाडौं । देशभक्ति भाव समेटिएको गीत ‘यो देश बदल्न चाहन्छु’को भिडियो सार्वजनिक भएको छ । मुरारी गुरागाईंको स्वर रहेको गीतमा होम न्यौपानेको शब्द तथा डेनी निरौलाको संगीत छ ।

रेडियो नेपालको स्टुडियोमा रेकर्ड गरिएको गीतमा बलराम समालको एरेन्ज छ । गीतमा महेश्वरमान राजभण्डारीको मिक्सिङ, अमृतकुमार भट्टको मास्टरिङ र लक्षण पौडेलको अवधारणा र निर्माण छ ।

भिडियोमा गायक मुरारीसँगै गीतकार होम न्यौपाने फिचर्ड छन् । गीतलाई गायक मुरारीको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।