अन्तरिक्षमा उपग्रह पठाउँदै यूएई

रियाद(एजेन्सी) । आगामी साता मंगल ग्रहका लागि पहिलो अबर अन्तरीक्ष अभियान शुरु हुँदैछ । जसका लागि आगामी साता इन्धन भर्ने काम शुरु हुँदैछ । यो मंगल ग्रहसम्म पुग्न ४९ दशमलब ३ करोड किलोमिटरको यात्रा गर्नेछ । यसका लागि सात साताको समय लाग्नेछ । यसले मंगलको कक्षाको परिक्रमा गर्नेछ ।

मंगल ग्रहमा पुगेपछि यसले त्यहाँको पर्यावरण र वातावरणको आँकडा पृथ्वीमा पठाउन थाल्नेछ । यो अभियानमा यसले मंगल ग्रहको कक्षामा मंगल वर्षको आँकडा जम्मा गर्नेछ । जुन ६ सय ८७ दिनको हुनेछ । मंगलको कक्षाको एक परिक्रमा गर्न उसलाई ५५ घण्टा समय लाग्नेछ । गत सोमबारको पत्रकार सम्मेलनमा यो कार्यक्रमका निर्देशक साराह अल–अमीरीले यो परियोजना स्पेस इन्जिनियरिङमा आफ्नो भविष्य बनाउन चाहने युवा अरब वैज्ञानिकहरुको प्रोत्साहनका लागि ल्याइएको बताइन् । नामेद अमल(आशा) नामक यो उपग्रह जापानको तानेगाशिमाबाट जुलाई १४ मा सार्वजनिक गरिनेछ ।

जापानी रकेटले यो उपग्रहलाई लिएर जानेछ । जसमा मंगलको वातावरणको आँकल गर्नका लागि तीन प्रकारका सेन्सर राखिएका छन् । जसमा ग्रहको धूलो र ओजोनलाई मापनका लागि हाइ–रिज्योल्यूसन मल्टीब्राण्ड क्यामरा छ । त्यस्तै यसमा इन्फ्रारेड स्पेक्टोमिटर छ । जसलाई एरिजोना स्टेट यूनिभर्सिटीले तयार पारेको हो । यसले तल र माथि दुवैतिरको वातावरणको मापन गर्नेछ । त्यस्तै तेस्रो सेन्सर अल्ट्रावायलेट स्पेक्ट्रोमिटर हो, जो अक्सिजन र हाइड्रोजनको स्तर नाप्नेछ । अली–अमीरीले पानीका लागि आवश्यक यी दुई तत्वमा अनुसन्धान केन्द्रित हुनेछ । ब्रिटेनका साइन्स म्यूजियम ग्रुपका निर्देशक सर इयान ब्लैचफोर्डले धेरै अन्तरिक्ष अभियानहरुको ध्यान भूविज्ञानमा केन्द्रीत भइरहेको बेला यसले मंगल ग्रहको जलवायूको तस्बिर पठाउने बताए ।

अन्तरिक्ष अभियानहरुमा संयुक्त अरब इमिरेट्स(यूएई)को ट्रयाक रेकड रहेको छ । उसले पृथ्वीको कक्षमा रकेट पठाएको छ र उसको एक अन्तरिक्षयात्री अन्तर्राष्ट्रिय स्पेस स्टेसनमा गइसकेका छन् । अन्तरिक्षमा जाने पहिलो अरब अन्तरिक्ष यात्री साउदी अरबका प्रिन्स सुल्तान बिन सलमान अल–सउद थिए । उनले सन् २९८५ मा अमेरिकाको अन्तरिक्ष यानबाट यात्रा गरेका थिए । तर अहिले यसबाट अलग छन् । मंगल ग्रहमा जाने अन्तरिक्ष यान यूएईमा निर्माण भएको हो र त्यसलाई जापान पठाइएको छ । जहाँ सबै इन्जिनियरहरुलाई कोरोना भाइरस महामारीका कारण क्वारेन्टाइनमा जानु परेको थियो । जसकारण यो अभियानमा केही ढिलाइ भएको थियो ।