वेदु सारुको तिमी नै त हौ

काठमाडौं । गायक वेदु सारु मगरको नयाँ म्युजिक भिडियो ’तिमी नै त हौ’ सार्वजनिक भएको छ । डान्सिङ बिटको गीतमा स्वर र संगीत गायक वेदुकै छ । गीतमा ब्याक भोकल विक्रम राई र पुरुषोत्तम सुवेदीको रहेको छ । गीतमा दिनेश सुवेदीको शब्द तथा उदयराज पौडेलको संगीत संयोजन छ ।

म्युजिक भिडियोमा नेपाली ठिटोज टिमको दमदार नृत्य देख्न सकिन्छ । नवराज उप्रेतीले छायांकन गरेको भिडियोमा अमृत चापागाईको सम्पादन छ । पहिलोपटक नेपाली ठिटोज टिमले कोरियोग्राफी गरेको भिडियोमा सुनिल क्षेत्रीको निर्देशन छ । स्मिता स्नेहा इन्टरटेनमेन्टको अपिÞmसियल च्यानलबाट म्युजिक भिडियो सार्वजनिक भएको हो ।

२०६७ सालको भ्वाइस अफ टिनको उपाधि विजेता समेत रहेका गायक मगरले लामो समयको अन्तराल पछि यो म्युजिक भिडियो सार्वजनिक गरेका हुन । यसअघि गायक मगरले ‘डोली पियारी’ लगायतका गीतहरु सार्वजनिक गरिसकेका छन् ।