रविनको तिमी मुना म मदन

काठमाडौं । गायक रविन राईको स्वरमा रहेको गीत ‘तिमी मुना म मदन’ को भिडियो सार्वजनिक भएको छ । भिडियोमा दिकता नगरकोटी र जीवन आचार्य फिचर्ड छ । भिडियो रोमान्टिक फ्लेभरमा निर्माण गरिएको छ ।

गीतमा सुरेश राईको शब्द तथा संगीत र रिकेश गुरुङको एरेन्ज छ । प्रकाश धितालले निर्देशन गरेको भिडियोमा उत्सव दाहालको छायांकन, दिन्सोन शाहको सम्पादन, केशवराज भट्टको कोरियोग्राफी तथा सरिता प्रजापतिको मेकअप छ ।