मुम्बई(एजेन्सी) । बलिउड अभिनेता आमिर खान विगत १० वर्षदेखि आफ्नो ड्रिम प्रोजेक्ट ‘महाभारत’लाई लिएर योजना बनाइरहेको कुरा कोहीसँग लुकेको छैन । यसको स्क्रिप्ट, स्क्रिनप्लेलाई लिएर उनी फिल्म उद्योगका कैयौं दिग्गजहरु र पौराणिक विशेषज्ञहरुसँग कुराकानी गरिरहेका छन् । आमिर आफ्नो प्रोजक्टका लागि उनको समूहलाई काममा लगाइरहेका छन् ।
समाचार अनुसार आमिर यो प्रोजेक्टका लागि दिग्गज ओटीटी प्लेटफर्म नेटफ्लिक्ससँग सम्झौता गर्ने योजना बनाइरहेका छन् । यदी नेटफ्लिक्सले यो सम्झौतालाई स्वीकार्न सक्यो भने यो हालसम्मकै ठूलो भारतीय प्रोजेक्ट हुनेछ । ‘मल्टी पार्ट फिल्मले यो एपिक महाभारतलाई न्याय नगर्ने बुझाई आमिरको छ । त्यही कारण नेटफ्लिक्समा यसलाई एक सिरिजका रुपमा लाने तयारी गरिरहेका छन् । उनी आफ्नो महाभारतलाई नेटफ्लिक्सको सर्वाधिक लोकप्रिय सिरिज गेम अफ थ्रोन्स जस्तै मल्टी सिजन फ्रेन्चाइजीका रुपमा दर्शकमाझ ल्याउने सोचिरहेका छन् । उनी प्रस्तुतिकरणदेखि लिएर स्केल र बजेट हरेक किसिमले सानदार बनाउन चाहन्छन्’, आमिर जानकार स्रोतले भनेको छ ।
यद्यपि अहिले सबै कुरा शुरुवाती प्रक्रियामा छन्, त्यसकारण कोरोना महामारी पछि सबै कुरालाई विस्तारै अगाडि बढाउने आमिरको योजना छ । कामको कुरा गर्दा उनी चाँडै नै फिल्म ‘लाल सिंह चड्डा’मा देखिँदैछन् । यसपछि उनी ‘विक्रम वेदा’ र फिल्म गुलशन कुमार बायोपिक फिल्म ‘मोगुल’मा देखिँदैछन् ।