शाहरुखले अस्वीकार गरेका फिल्म हिट

मुम्बई(एजेन्सी) । बलिउड अभिनेता शाहरुख खानलाई आफ्नो फिल्मका माध्यमबाट विश्वभरीका दर्शकको माया मिल्यो । आफ्नो २८ वर्षे फिल्मी करियरमा उनले कैयौं सम्झनलायक फिल्ममा अभिनय गरे । त्यसो त उनले कैयौं फिल्मलाई अस्वीकार गरे । ती फिल्ममा अन्य कलाकारले अभिनय गरे र फिल्म ब्लकबस्टर साबित भयो ।सन् २००१ मा निर्माण भएको फिल्म ‘लगान’का लागि निर्देशक आशुतोष गोवारिकरको शाहरुख खान पहिलो रोजाईमा थिए । शाहरुखले यो फिल्ममा अभिनयको लागि अस्वीकार गरिएपछि आमिर खानलाई अफर गरियो । यो फिल्मको कथालाई लिएर आमिर आफै खुशी थिएनन् ।

सन् २००३ को फिल्म ‘मुन्ना भाइ एमबीबीएस’ मा सन्जय दत्त वाला भूमिका शाहरुखलाई अफर गरिएको थियो । उनले फिल्मका लागि ‘हुन्छ’ पनि भनेका थिए । तर एक चोटका कारण उनले फिल्मबाट हात धुनु पर्यो । त्यसपछि यो फिल्म सन्जयको हातमा पर्यो । जुन फिल्मले सन्जयको उचाईलाई नयाँ दिशा दियो । सन् २००६ मा रिलिज फिल्म ‘रंग दे बसन्ती’मा शाहरुखलाई एयरफोर्स पाइलटको भूमिका दिइएको थियो । जसलाई पनि आर माधवनले निभाए । शाहरुख यो भूमिकामा अभिनयका लागि उत्सुक भए पनि समय अभावका कारण उनको चाहना पुरा हुन सकेन ।

सन् २००८ मा रिलिज फिल्म ‘जोधा अकबर’मा पनि शाहरुखलाई अफर आएको थियो । तर शाहरुखले यो प्रस्तावलाई अस्वीकार गरे । पछि यो भूमिका ऋतिक रोशनले निभाए । त्यही भूमिकाले फ्यानमाझ ऋतिकलाई थप चिनायो ।

फिल्म ‘मुन्ना भाई एमबीबीएस’ पनि राजकुमार हिरानी शाहरुखसँग ‘३ इडियट्स’को अफर लिएर गएका थिए । तर त्यो समयमा शाहरुख अर्को फिल्ममा व्यस्त भएकाले उनले समय दिन सकेनन् । शाहरुखले समय नदिएपछि यो प्रस्ताव आमिर खानकोमा पुग्यो । यो फिल्मले बक्स अफिसमा २ सय करोड रुपैंयाँको आकडा पार गर्यो ।