काठमाडौं । गायक पदम राईको स्वरमा रहेको ‘के गुलियो छ र शखर चिनी’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । केन्द्र मोशन पिक्चर्सको प्रस्तुति रहेको गीतमा मेलिना राईको पनि स्वर छ । गीतमा डिपि खनालको शब्द, शंकर थापा ‘स्माइल’को संगीत छ ।
भिडियोमा सरोज अधिकारी र आष्मा विश्वकर्मासँगै कार्टुन क्रूका कलाकार फिचर्ड छन् । भिडियोमा सुवल थापाको कोरियोग्राफर तथा गम्भीर विष्टको निर्देशन छ ।